दफा १६
परियोजना स्वीकृति सम्बन्धी विशेष व्यवस्था
 यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायको अवस्थामा कुनै लगानीको क्षेत्रमा सोझै  वार्ताद्वारा लगानीको अनुमति दिन सक्नेछ :–
(क) कम्तीमा दुई पटक प्रस्ताव आह्वान गर्दा पनि आवश्यक संख्यामा प्रस्ताव छनौट हुन नसकेको,
(ख) प्रतिस्पर्धा हुन सक्ने सम्भावना नभएको,
(ग) नयाँ अवधारणा वा प्रविधि समावेश भएको,
(घ) बीस अर्ब रुपैयाँ भन्दा बढी लागत ईष्टिमेट भएको, वा
(ङ) कुनै कारणले यस ऐन बमोजिमको अन्य कार्यविधि अवलम्बन गर्न उपयुक्त नदेखिएको ।